‘असुरक्षित यात्रा, दुर्गमको साहारा’



गिरिराज नेपाली
दाङ ४ , असोज
राप्तीका ३ पहाडी जिल्ला सल्यान , रुकुम , प्युठान र रोल्पामा सडक यातायात सेवा पुगे पनि अझै सहज र सुरक्षित सडक यातायात पुग्न सुकेको छैन । यातायात सेवाको विस्तार र विकास संगै सडकको स्तरोन्नती नहुदा ति क्षेत्रका सर्वसाधरणहरुले जोखिम पुर्ण यात्रा गर्न वाध्य छन । भने चालकहरुले पनि असुरक्षित रुपमा सवारी चलाउन वाध्य छन ।

राप्ती राजमार्ग अन्र्तगत दाङ –रुकुम सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले साँधुरो सडकका कारण सडक यातायात सेवा पाए पनि सुरक्षित यातायात सेवा पाउन नसकेको गुनासो गरेका छन । कपुरकोटका स्थानिय दल वहादुर पुनले यातायात सेवा पाए , भने मनमा अझै क्रास सहितको यात्रा गरिरहनु परेको वाध्यता सुनाए । उनले भने –‘ यातायात सेवा पायौ ,मन क्रास र जोखिम अझै उस्तै छ । ’ साँधुरो घुम्ती , साँधुरो वाटो , जताततै खाल्टाखुल्टी र गाडीहरुको चाप र स्प्रीडले अझै धेरै क्रसित वनाएको छ । नचढौ भने चढ्नै पर्ने , चढौ भने वाँचिनेको हो कि मरिने डरले सताई रहने …।

सरकारले राप्तीको दुर्गम क्षेत्रमा सल्यान र रुकुम लगाएत अन्य पहाडी तथा अन्य जिल्ला दुर्गम जिल्लाहरुमा सडक यातायात सहितको सडक संञ्जाल पु¥याए पनि ति सडकहरुको स्तरोन्नती र मर्मत सम्भार गर्न नसक्दा ति क्षेत्रका सर्वसाधरणहरु जोखिम पुर्ण यात्रा गरिरहनु परेको छ । पुनले भने – गाडी चढ्न पायौ । तर मनमा डर अझै उस्तै छ । ’ कपुरकोट वाट तुलसीपुर झर्दा चढ्दा पनि तुलसीपुर झरिने हो गोठीखोलामा झरिने हो त्यो गाडी भर नै चिन्ता लागिरहन्छ ।
उनले भने राज्यले बाटो खुलायो , गाडी चलायो । तर सडक व्यवस्थित र फराकिलो गराउन नसक्दा सल्यान देखी रुकुम पुग्ने यात्रु वाटोमै झरिन्छ की भन्ने चिन्ता छ । अझै चार्डपर्वका वेलामा मालवहाक र सार्वजानिक बसहरु अलि वढि गुड्ने भएकाले हिजो आज – अझै वढि जोखिम वढ्दै गईरहेको उनले वताए । कयौ गाडी खोला झरे , कयौ मरे ,तर अझै सरकारले राप्ती राजमार्गको स्तरोन्नती ख्याल पु¥याएको छैन । जसका कारण सल्यानी र रुकुमेलीवासीले जोखिम पुर्ण यात्रा गरिरहनु परेको छ ।

साँधुरो सडक ‘सिगल लेन ’ सडकमा दिनहु दर्जनौ मालवहाक तथा सार्वजानिक यात्रु वहाक सवारी ओहोर – दोहोर गरे पनि साईट काट्ने ‘सडक क्रस’ गर्न ठाँउ नहुदा सवारीहरु साँधुरो सडकमा पनि अगाडी पछाडी गर्दै वारपार गर्नु वाध्यता रहेको छ ।

त्यस्तै सल्यानका शारदा नगरपालिका १ शान्तीनगरका मित्रलाल गन्र्दभले भनाई पनि उस्तै छ । स्थानिय वजार सडक खुल्ला रहे पनि दाङ जोडिएको सडक साँधुरो हुदा सल्यानी र रुकुमेलीवासीहरुले निकै सकस खेप्नु परेको वताए । उनले भने उचित सेवा सुविधा सम्पन्न अस्पताल सल्यानमा छैन । विरामी परे पनि रिफर गरेर तुरुन्तै दाङ जानुपर्छ । तर सडकका कारण विरामी लाई पनि कयौ ठाँउमा विसाउदै लैजानु पर्ने वाध्यता छ । ठुला खाल्टा , भिरपाखाहरु छन । ति भिरपाखामा न वालको व्यावस्था छन । न जालीहरुको वन्दोवस्तो छ । सरकारले सजिलो र सेवाका लागि सडकमा सवारी गुडाए पनि कयौका लागि यो सडक ‘काल’ वनेको छ । सरकारले यस राप्ती राजमार्गको स्तरोन्नती गर्न नसके अझै कयौ वर्ष यस्तो जोखिमको यात्रा र क्रसितको यात्रा गर्नुृपर्ने हो । भन्दै उनले सडकको स्तरोन्नती गरी सहज सडकको सेवा दिन आग्रह गरे ।

जोखिम सडक सुचिमा राप्ती राजमार्ग  
राप्ती राजमार्गको अन्र्तगत दाङ –रुकुम सडक खण्ड लाई राप्तीको सवैभन्दा जोखिम सडकको सुचिमा रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । एकलेन सकड ‘ साँधुरो सडक ’ , पहाडी सडक र वटाशिल प्रविधिको कालोपत्रे , १० टन सम्मको भारवान क्षमता रहेको सडकका कारण असुरक्षित जोखिमपुर्ण सडकको सुचिमा रहेको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी दुर्गा प्रसाद पौडेलले जानकारी दिए । वाटाशिल प्रविधि वाट ‘धुलो नियन्त्रण’ का लागि गरिएको कालोपत्रे ओभर लोडका सवारीहरु गुड्दा कालोपत्रे उत्रिएकाले खाल्टाखुल्डी परेको , साँधुरो सडक घुम्तीका कारण असुुरक्षित सडकको सुचिमा राखिएको उनले जानकारी दिए ।

उनले भने – अन्य सडकमा प्रति घण्टा ४० किलो मिटर दरकाले ट्राफिक व्यावस्था गरिए पनि राप्त िराजमार्गमा प्रति घण्टा ६० –७० स्प्रिट गति राखिएको उनले जानकारी दिए । साथै सडक विस्तारमा पनि सर्भे डिजाईनमा उच्च मापदण्ड पुरा नगरी सामान्य सर्वेका आधारमा आवात जावतका लागि सडक ट्रयाक खुल्ला गरी सडक विस्तार गरिएकाले बिना वाल , बिना जालीको सडक संञ्चालनमा रहेको उनले वताए ।

हाल केही सहजका लागि सडक डिभिजनले साँधुरो घुम्तीले खोल्ने काम गरिरहेको भए पनि स्तरोन्नतीका लागि वजेट विनियोजन हुन नसक्दा अति जोखिम क्षेत्रमा मात्रै त्यो काम भईरहेको पौडलले जानकारी दिए । राप्ती राजमार्गको चौडाई ४ देखी ५ दशमलव ५० सेन्टी मिटर सम्म रहेको उनले जानकारी दिए । सडक फराकिलो नहुदा यात्रा सुरक्षाको जोखिममा परेको समेत उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्