प्रदेश ५

सहभागीमा युवा होईन , नेतृत्वमा युवा विकास गरौ

By थाहा अनलाइन

September 20, 2017

गिरिराज नेपाली दाङ ४ ,असोज विवेकशिल साझा पार्टीकी केन्द्रिय सदस्य रञ्जु दर्शनाले मुलुक विकासको हात युवाहरुको काँधमा रहेकाले अब मुलुक विकासका लागि युवा नेतृत्व आवश्यक रहेको वताएकी छिन । विवेकशिल साझा पार्टी दाङले वुधवार घोराहीमा आयोना गरेको अन्र्तक्रिया तथा भेटघाटमा वोल्दै दर्शनाले युवा सहभागीले मात्रै मुलुक समृद्ध बन्न नसक्ने चर्चा गर्दै मुलुक विकासका लागि युवा नेतृत्वको आवश्यक्ता रहेको औल्याएकी थिईन ।

विकासका सवाहकहरु दिनहु विदेश वनाउन वैदेशिक रोजगारमा उड्ने भएकाले युवा स्वरोजगार स्थापना गरी मुलुक वैदेशिक रोजगारको दर लाई घटाई मुलुक लाई नै समृद्ध र सक्षम वनाउन सकिने उनले वताईन । नेपालको करिव ४० लाख युवा जनशक्ति वैदेशिक मरुभुमि वनाई रहेकाले त्यो जनशक्ति स्वदेश वनाउनमा खर्चिने हो भने मुलुक २ वर्षमै समृद्ध र सक्षम बन्न सक्ने धारणा राखेकी थिईन । उनले भनिन राजनितिक अस्थिरले मुलुक गाँझिदा मुलुकले समृद्धि र स्थायित्वका वाटो लाई छोडेको छ । जसका लागि अव युवा शक्तिहरु त्यो अस्थिरता लाई हटाई मुलुक लाई समृद्धको वाटो हिडाउनु पर्ने वेला आईरहेको वताईन ।

लोकतन्त्र माथिको लुटतन्त्रको विकास हुदा सम्म पनि राजनितिज्ञहरु उसैको पक्षपोषण गरी मुलुक लाई लुटमा पारीरहेकाले मुलुक समृद्धि र स्थायित्व विलए हुदै गईरहेको छ । लोकतन्त्रको स्थायित्व र संविधान कार्यन्वयन जस्ता कामहरु ऋझै अन्यौलमा परेकाले अव मुलुक लाई स्थायित्व गराउन युवाहरु अग्रसर हुनु पर्ने वताएकी थिईन । कार्यक्रममा विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य गोविन्द राणाले नेपालको राजनिति जनताको जनजिविका संगै अझै जोडीन नसकेको टिप्पणी गरे । जनताको जनजिविका भन्दा स्वार्थ र चलखेल संग मुलुृक राजनिति जोडिएकाले मुलुक राजनिति नै असल हुन नसकेको वताए ।

उनले भने – राजनिति नै मुलुकको मार्ग निर्देशन हो । ’ तर त्यो मार्गनिर्देशन नै असल र चरित्रवान बन्न सकेको छैन । जसका कारण नेपाली नागरिकहरुले अझै आफ्नो अधिकार वाट विमुख हुनु परीरहेको उनले आरोप छ । भर्खरै मात्रै सम्पन्न स्थानिय तहको चर्चा गर्दै राणाले भने मुलुकको भोटमा बिक्यो , जनता किनियो । यसरी किनेको राजनिती असल चरित्रवान कसरी हुन सक्छ ? उनले भने नेपालको राजनितिमा असल नेताको विकास हुन नसक्दा मुलुकले सकस माथिको सकस व्याहोर्दै आज विकास उन्मुख राष्ट्रका नाममा अकित रहेको वताए । ‘ नेपाल लाई अव विकास उन्मुख राष्ट्र होईन , विकास राष्ट्र वनाउन खाँचो रहेको उनले औल्याए ।

कार्यक्रमको सहजीकरण विवेकशिल साझा पार्टीका दाङका सदस्य विवेक न्यौपानेले गरेका थिए ।