सैघाली खबर
सिरहा, ५ असोज
सिरहामा माओवादी केन्द्रले विजयी शुरुवात गरेको छ । सिरहको कर्जन्हा नगारपालिकामा दलित समुदायका नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका हुन । माओवादी केन्द्रका गंगा पासवान ४ हजार ३०९ मतसहित मेयरमा विजयी भएका हुन । उनले एमालेमा रामदयाल महतोलाई पछि पारेका हुन ।
उपमेयरमा पनि माओवादी केन्द्रकी ज्ञानुकुमारी श्रेष्ठले ४ हजार ३ सय १३ मत ल्याएर विजयी भइन । उनकी प्रतिस्पर्धी नेकपा एमालेकै अन्जु राई २ हजार ९ सय ४५ मत मात्रै ल्याइन ।
११ वडा रहेको नगरपालिकामा २ र ६ नम्बर वडाबाहेक सबैमा माओवादी विजयी भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।