भूमिका र पशुपतिले तताए माडीबजार



सैघाली खबर,
चितवन–। लोक गायक पशुपति शर्मा र लोक गायिका भूमिका गिरीले चितवनको माडीबजार तताएका छन् । बिभिन्न संगीतिक प्रस्ुतती मार्फत यी कलाकारले माडीबासी नचाउन समेत सफल भएका हुन् ।

माडीबजारमा आयोजित माडी संस्कृतिक उत्सव कृषि तथा ब्यापार मेलामा उनीहरुले बिभिन्न गीत संगीतमार्फत स्थानीय नचाउन सफल भएका हुन् ।

चितवनको कलासंस्कृतिको प्रवद्र्र्धन गर्दै स्थानीय उत्पादनलाई बिक्री बितरण गर्ने उद्देश्यले आयोजित मेलामा गायक पशुपति शर्माले आफ्ना केही चर्चित गीत समेत पस्केका थिए । ‘मलाई अमेरिका यही’बाट गायन सुरु गरेका शर्माले कार्यक्रममा ‘झमझम दर्कियो पानी’, ‘कस्को ठूलो खाम, ‘बत्ती बाल्नै पर्दैन’ लगायत बोलका चर्चित गीत राखेका थिए । पशुपतिको ‘मलाई अमेरिका यही’ गीत गाउँदा दर्शकले स्वर तथा नृत्य दुबैले साथ दिए ।

गायक पशुपतिको गीतमा नाचेका दर्शकलाई फेरि थकाउने काम कार्यक्रममा गायिका भूमिकाले गरिन् । उनले ‘गोरखपुरको सलाई’ लोक गीतबाट आफ्नो प्रस्तुति सुरु गरेकी थिइन् । ‘गोरखपुरको सलाई’ पछि ‘दियौ चुरोट दिएनौ सलाई’, ‘घुमौला नी’, ‘तिउन मिठो बनायो सुकैले’ लगायत लगातार आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । उनको हरेक गीतमा दर्शकले सिटी, ताली र नृत्यले साथ दिएका थिए । उनका केही गीतमा दर्शकबाटे वान्स मोरका हुटिङ समेत थुप्रै सुनिए ।

पछिल्लो समय गायक पशुपति र गायिका भूमिका जहाँ पुग्छन् । त्यहाँको माहोल संगीतमय हुने गरेको छ । सायद त्यसैले पनि होला कार्यक्रममा सहभागी युवायुवतीदेखि बृद्धबृद्धासम्मले यी कलाकारको प्रस्तुतिमा मनोरन्जन लिन सफल रहे ।

बिभिन्न कार्यक्रमसहित सजिएको महोत्सवमा स्थानीय कलाकारको समेत प्रस्तुति राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्