सिरहाको विष्णुपुरमा संघीय समाजवादी फोरमले जित्यो



 सैघाली खबर
 सिरहा ,५ असोज


सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९ सय ४० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सत्यनारायण यादवले एक हजार २ सय ८० मत प्राप्त गर्नुभयो । तेस्रोमा नेकपा माओवादी केन्द्रका सतदेव यादवले एक हजार २ सय ५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालका अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललितादेवी यादवले एक हजार २ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्