सैघाली खबर
धनुषा,५ असोज
धनुषाको बटेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । बटेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका डम्बर बहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतमप्रतिद्धन्दी कांग्रेसका रामअशिष महतोले २३ सय ३ मत ल्याउनु भएको छ । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत ल्याई विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी कांग्रेसका जनारसीदेवीले २ हजार १ सय ९६ मत ल्याउनु भएको छ । बटेश्वर गाउँपालिकाको वडा नम्बर १ र ५ मा कांग्रेस, ३ र ४ मा एमाले र ३ मा नेकपा माओवादीकेन्द्र विजयी भएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।