मुख्य समाचार

आज देश भरीकै मौसममा सुधार नआउने

By थाहा अनलाइन

September 21, 2017

सैघाली खबर काठमाडौ,५असोज

काठमाण्डौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् । आज दिनभर जसै देशैभरीको मौसममा सुधार नआउने मौसमविद् बरुण पौडेलर्ले जानकारी दिनुभयो ।

बंगालको खाडीमा बनेको मनसुनी न्यूनचापीय प्रणालीको असरले आज देशभरी कै मौसम खुल्ने संभावना निकै कम रहेको छ ।

उहाँका अनुसार मनसुन सकिने बेला भएकाले पनि अबको एक दुई दिन पानी पर्न रोकिएपनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम छ । तर भोलिदेखि भने मौसममा सुधार आउन सक्ने बताईएको छ ।