मेक्सिकोमा भूकम्पमा परि मर्नेको संख्या २ सय ४८ पुग्यो



सैघाली खबर
काठमाडौ,५असोज

 


मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ । मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् । भकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्