बारले बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा बहस गर्ने



सैघाली खबर
दाङ, ५ असोज


उच्च अदालत बार तुलसीपुरले दशैको बिदाको समयमा पनि बन्दीप्रत्यक्षीकरण रिटमा बहस गर्ने जनाएको छ । बारको बुधबार बसेको बैठकले दशैको समयमा पनि बन्दीप्रतिक्षीकरण रिटमा बहस गर्ने निर्णय गरेको छ ।
साथै दशैको अबशरमा सबैलाई शुभकामना ब्यक्त गर्दै बारको निर्बाचनमा सहयोग गर्ने निर्बाचन समितिलाई पनि धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको निबर्तमान सचिब श्रीराम चौधरीले जानकारी दिए ।

साथै बारको नयाँ नेतृत्वलाई पद हस्तान्तरण पनि गरिएको छ । नब निर्बाचित अध्यक्ष बिजय पौडेललाई निबर्तमान अध्यक्ष राम शरण चौधरीले पद हस्तान्तरण गरेका हुन् । नबनिर्बाचित अध्यक्ष पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्