वीरगञ्ज महानगरमा कांग्रेसको अग्रता



सैघाली खबर

वीरगञ्ज  ५ असोज 

प्रदेश नं २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पुनः नेपाली कांग्रेसले अग्रता लिएको छ ।सुरूदिख नै राजपा र कांग्रेसबीच प्रतिस्पर्धा रहेकको वीरगञ्जको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता  लिएको हो । यस अघि राजपाले अग्रता लिएको थियो भने कांग्रेसले पछ्याइरहेको थियो ।

कांग्रेसका मेयर उम्मेदवार अजयकुमार दिवेदीले २३८६ मत ल्याएका छन् भने उपमेयरले शान्ति कार्कीले २२१७ मत पाएकी छन् । राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २२८६ मत ल्याएका छन् भने उपमेयर रम्भा मिश्राको २२१७ मत छ । फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमलप्रसाद श्रिवास्तवले १५२९ र उपमेयर रिंकु यादवले १५२५ मत पाएकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्