सामाजिक सुरक्षा भत्तामा चलखेल



सैघाली खबर
दाङ ५ असोज
सामाजिक सुरक्षा भत्तामा वितरणमा चलखेल भएको छ । तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १४ वडा सचिव र सामाजिक परिचालकले सुरक्षा भत्ता वितरण चलखेल गरेको आरोप छ ।

तुलसीपुर उप– महानगपालिका वडा नम्वर १४ की गौरीदेवी पौडेलले घोराहीमा पत्रकार सम्मेलनको गरी वडा सचिव र सामाजिक परिचालको मिलोमतोमा आफुले पाउने गरेको सामाजिक सुरक्षा भत्ताको रकम सचिव र सामाजिक परिचालकले लगेको आरोप लगाएकी छिन ।

आर्थिक वर्ष २०७३ ÷७४ को अन्तिम चौमासिक चैत्र देखी हाल सम्मको सामाजिक सुुरक्षा भत्ता वडा सचिव चन्द्र प्रसाद अर्याल र सामाजिक परिचालक वुद्धिराम विकको मिलोमतोमा ४ हजार रुपैयामा आफुले नपाएको उनले वताईन ।
वडा कार्यालय आफु पटक– पटक लिन जाँदा सम्म पनि सचिव र सामाजिक परिचालकले तपाईको रकम लगिसक्नु भएको छ ।, भनेर फर्र्काउने गरेको वताईन ।

उनले भनिन – सरकारले वयोवृद्धाहरुको सुरक्षाका लागि दिने रकम नै सरकारी कर्मचारीहरुले खाईदिदा आफुहरु अझै आफुु पिडित भएको गुनासो गरिन ।

त्यस्तै वडा सचिव चन्द्र प्रसाद अर्यालले पौडेल लाइ पटक – पटक सम्र्पकमा ल्याउन खोज्दा पनि पौडेल परिवार सम्र्पकमा नआएकाले रकम दिन नसकिएको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्