समाचार

पानीमा डुवेर एक जनाको मृत्यु

By थाहा अनलाइन

September 21, 2017

सैघाली खबर दाङ,५ असोज ।देउखुरीमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालीका वडा नं. ६ देउपुर स्थित अर्जुन खोलाको सिचाई आयोजनाको कुलोको पानीमा डुवेको अवस्थामा सोही ठाउँ निवासी ६४ वर्षिय जोखन चौधरी फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।कुलोको पानीमा डुवेर चौधरीको मृत्यू भएको प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिएका छन । कुलोले वगाएर चौधरीलाई चार सय मिटर तल पु-याएको थियो ।स्थानीय वासिन्दाले पानीमा डुवेको अवस्थामा शव देखेपछी प्रहरीलाई खवर गरेका थिए । शवको पोष्ट मार्टम लमही अस्पतालमा हुने वडा नं. ६ का वडा अध्यक्ष गणेशमान चौधरीले जानकारी दिएका छन।