सर्लाहीमा कांग्रेस, माओवादी र राजपाबीच टक्कर



सैघाली खबर
सर्लाही, ५ असोज। – सर्लाहीको २० वटा स्थानीय तहमध्ये दुई स्थानको नतिजा सार्वजनिक भएको छ ।
धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका रामाआश्रय साह अध्यक्ष पदमा ४ हजार ५ सय २१ मतका प्राप्त गरी विजयी हुनुभएको छ । त्यसै गरी बिष्णु गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक फोरमका जवहरलाल यादव १ हजार ९ सय ४५ मत ल्याएर विजयी हुनुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेस, माओवादी केन्द्र र राजपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्मको परिणाम अनुसार नेकपा माओवादी केन्द्र ५, राजपा नेपाल ५, नेपाली कांग्रेस ४, एमाले २, संघीय समाजवादी फोरमले २ स्थानमा अग्रता लिएका छन ।
राजपाले अग्रता लिएका स्थानीय तह
कौडेना गाउँपालिका
बसवरिया गाउँपालिका
ब्रह्रमपुरी गाउँपालिका
बलरा नगरपालिका
चन्द्रनगर गाउँपालिका
कांग्रेसले अग्रता लिएको स्थानीय तह
गौडेता नगरपालिका
रामनगर गाउँपालिका
हरिपुर्वा नगरपालिका
मलंगवा नगरपालिका
माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तह
हरिवन नगरपालिका
बरहथवा नगरपालिका
हरिपुर नगरपालिका
बागमती नगरपालिका
चक्रघट्टा गाउँपालिका
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तह
कबिलासी नगरपालिका
पर्सा गाउँपालिका
नेकपा एमालेले अग्रता लिएका स्थानीय तह
लालबन्दी नगरपालिका
इश्वरपुर नगरपालिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्