सैघाली खबर,
पर्सा, ५ असोज – पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका पदमलाल श्रेष्ठले २८०२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर श्रेष्ठले २३६३ मत ल्याउनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा माओवादीकै शान्तीमाया थिङले २४८३ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी गोकुली कुमारी रेग्मीले २३०२ प्राप्त गर्नुभएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।