मुख्य समाचार

सुपथ मुल्यमा खाद्यसाम्रगी किनबेच

By थाहा अनलाइन

September 21, 2017

समिक्षा गाहा दाङ ५ असोज। चाडपर्बहरुलाई लक्षित गरी सञ्चालन गरीएको साल्ट्र ट्रेनिङ कर्पाैरेशन लिमिटेडले सुपथ मुल्यमा खाद्यसाम्रगीहरु बिक्रिबितरण भइराखेको जनाएको छ,।

अन्य समयमा भन्दा यो चाडवाडको समयमा चर्काे मुल्य हालेर सामान किन्नु पर्ने बाध्यतालाई हटाउदै सो लिमीटेड सञ्चालनमा ल्याइएको साल्ट्र ट्रेनिङ कर्पाैरेशन लिमिटेडका अध्यक्ष आन्नद कुमार न्यौपानेले जानकारी दिनु भयो।

हामीले यहा चिनी प्रति के जी ७७ रुपैया ५० पैशामा र नुन प्रति के जी १८ रुपैयामा बिक्रि बितरण गरीएको र अन्य खाद्यसामा्रगीहरु नी सुपथ मुल्यमानै बिक्री बितरण भइराखेको उहाले बताउनु भयो ।

चाडपर्ब घरदैलोमा नै आइसकेकाले होला दिनहु ग्राहकको घुइचो हुने गरेको र ग्राहाकहरु लाइनमा बसेर खाद्यसाम्रगी लिनु पर्ने अबस्था रहेको उहाले बताउनु भयो।

भदौ १६ देखि कातीक ९ गते सम्म सुपथ पसल सञ्चालनमा ल्याइने सो पसलबाट गा्रहाकहरु लाभान्दित बनेका पनि उहाले बताउनु भयो उहाले भन्नु भयो।

अहिले सम्म सबै भन्दा धेरै चिनी १ सय २३ क्वीनटल र १ सय १० क्वीनटल नुन बिक्री भएको बताउनु भयो।प्रति ब्यक्ति ६ केजी सम्म लिन पाउने ब्यवस्था पनि रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो।