फिचर

छोएन हिंसा पिडित महिलाहरु लाई चुनावी उत्साहले

By थाहा अनलाइन

May 26, 2017

गिरिराज नेपाली

जेष्ठ १२ , दाङ । ‘उतिवेला पनि हामी लाई नमष्कार गर्दै तपाईहरु लाई न्याय दिलाउछौ । ’ तपाईहरुको आर्यस्तरका लागि रोजगार मुलक तालिमको व्यावस्था गर्छौ । बच्चाबच्चीका जन्म दर्ता ,नागरिकता र शिक्षाको ग्यारेन्टी गर्छौ । अझै तपाईहरुका फैसला भएका मुद्दाहरु लाई कार्यन्वयन पनि गर्छौ भनि भोट मागे , विश्वासैले होला तँ भनि भोट हाल्यौ । तर जव उनीहरु जितेर गए न्यायका लागि हात थाप्न जाँदा नमष्कार समेत फर्काएन्न नेताले ।

अहिले उनै अनुहार फेरी हामी नमष्कार गर्दै उनै नानाथरीका आश्वान वोकी भोट माग्न फर्किएका छन । तर अव पत्यार लाग्नै छोड्यो उनीहरुले भोट माग्दा गरेका वाचाहरु पुरा गर्लानी कि भनि ? रामपुरकी ९ सिमतताराकी हिंसा पिडित महिलाहरु वालिका पाण्डेले यस्तै दुखेसो पोख्नुभयो । उहाँले भननुभयो ‘चारैतिर चुनावी उत्साहले छोएको छ । तर हामी लाई त्यो उत्साहले अझै छोएको छैन । छोओस् पनि कसरी जस्ले जिते पनि हामी लाई न्याय दिने कोही होईनन । ‘भोट मात्रै दिएर के काम ? चुनाव नेता मुख देख्न पाईन्छ । ’ अरु वेला कहाँ जान्छन । चुनाव आए मुख देखाउदै लुरुङ देखा पर्न आउछन । हामी लाई देखाएको आश र दिएको वचन पुरा गरेको भए पो ‘नेताले गर्छन ’ भनि पत्यार लाग्ने थियो र पो उनीहरु लाई जिताउनु पर्छ हामीले भने हामी ईच्छा पलाउथ्यो । तर पुरा गर्दैन । झण्डा बोकेर उनीहरुको प्रचार गरेर के काम , उनीहरु लाई जिताए पनि के काम ।

नेताहरुको ताल उही हो । नेताले हामी लाई आश्वासन दिई भोट वैक रुपमा मात्रै प्रयोग गर्ने हुन । जितेर भने कहिले फर्किएर हेर्दैन्न । हाम्रा पिडा उस्तै हुन । जिताएर पनि के नै गर्छन । कसलाई जिताउने होर ? पाण्डेले भन्नुभयो ‘अहिले नमष्कार गर्दै भोट माग्छन , जिते भने नमष्कार फर्काउन पनि अप्ठेरो मान्छन ।’ ‘जताततै चुनाव लागेको छ । तर हामी लाई त्यो चुनावी उत्साह के हो ? केही थाहा छैन । पिडा बिझि रहेको मन लाई नेताहरुको भोटे आश्वासनले अझै वढि बिझाँउने गर्दछ । उहाँले भन्नुभयो ‘भोट माग्दा भोट माग तर आश्वासन नदेखाउ । ’ दिनैपिच्छे आश्वासन दिने र हामी लाई भोटको साहानुभुती देखाउने नेता धेरै आई रहे तर उनीहरुको कुरा ‘फिटिक्कै’ पत्यार लाग्दैन । पाण्डेले विगतको निर्वाचनको अनुभव सुनाउदै भनिन ‘एक जना एमालेका नेताले मलाई यसरी नै तिमि लाई न्याय दिलाउछु भनि भोट माग्नुभयो । चुनाव जित्नुभयो । तर पछि उनै नेता कहाँ पुगेर अव मेलै न्याय पाउछु भन्दा उहाँले भोली–भोली भन्दै टार्दै आउनु भयो । अहिले १० वर्ष पुग्यो म न्यायका लागि अडा अदालत र नेताहरुको धाउन लागेको तर अझै मैले न्यायको अनुभुती गर्न सकेकी छैन । उहाँले भन्नुभयो ‘जसले हामी लाई न्याय दिन्छ उसलाई दिईन्छ ।’ अव हाम्रा लाई होईन राम्रालाई दिनुपर्छ । जस्ले हिंसा पिडित महिलाहरु लाई न्याय दिलाउन सक्छ । उसैलाई दिन्छौ हामी भोट .. त्यस्तै अर्की हिंसा पिडित महिला रचना सुवेदीले पनि उस्तै दुखेसो सुनाउनु हुन्छ । चुनाव आए नेताहरु भोट माग्दै ढोका–ढोका सम्म आउछन । तर जव उनीहरु जित्छन । कहिले हामी हिंसा पिडित दिदि–वहिनीहरु कस्ता छौ भनि सोध्दैन । हिडडुल गर्दा , केही त्यस्ता विशेष कार्यक्रममा भेट हाम्रा पिडा सुनाउदा पनि पर्खनुुुस न भनि कुरा रोक्छन । तर यही उदासिन्ताले हामी उत्साह होईन पिडामा पारेको छ । चुनावी माहोलमा वेला दिएका आश्सवानले मात्रै के हुन्छ र ? हाम्रा पिडामा कहिले सुने होईन ति नेताहरु , अझै उनै फर्किएर हामी लाई भोट दिनु होला ? यो पदका उम्मेद्धारी दिएको छु । यो चुनाव चिह्नमा भोट मतदान गरी सहयोग गरिदिनुहोला भन्छन । त्यो भन्दा उनीहरु उही पुरानै आश्वासन फेरी छर्केर जान्छन । त्यो सुन्दा घरपरिवारले दिएको पिडा भन्दा दोव्वर पिडा थपिएको महसुस गर्छु । उहाँले भन्नुभयो ‘अझै धेरै हिंसा पिडित दिदि वहिनीहरु न्यायकै लागि भोतारी रहनु परेको छ । हिंसा पिडित महिलाहरुको पिडा र भोगाई उनीहरुले पनि देखेका छन । तर हाम्रा पिडा लाई नेताहरुले खासै प्रवाह गर्दैनन । तर चुनाव आए हाम्रा भोट उनीहरु लाई चाहिन्छ । तर उनीहरुले दिने न्याय हामी चाहिदैन र ? उनले भनिन अव जाने नेताहरुले हामी न्याय लाई कार्यन्वयन गरुन , हाम्रा वालवच्चाहरुको जन्मदर्ता , नागरिकहरु बनुन ,हिंसा पिडित महिलाहरुले सामाजिक सम्मान दिलाउन सकुन भने अपेक्षा गर्दछु । उनले भनिन पावर र पहुच वालालाई मात्रै न्याय होईन ।

हिंसामा परेका महिला दिदि वहिनीहरुले सजिलै न्यायको अनुभुती गर्न सकुम । उनले भनिन ‘हामी हिंसा पिडित महिलाहरुमा पनि क्षमता छ । तर हामी लाई जहिले पनि अवसर वाट पाखा लगाईन्छ । त्यसको प्रमुख कारण नै पहुच र पावर नै हो । तर अव योग्य ,सक्षम , महिलाहरुको न्याय दिलाउन सक्ने उम्मेद्धार लाई जिताए हामीले न्याय पाउछौ कि भन्ने आश छ । हिंसा पिडित महिलाहरु चुनावी भोट वैकका रुपमा आफुहरु लाई नेताले प्रयोग गर्ने तर आफु्हरुका वारे बनेका कानुन र फैसला भएका अधिकार सम्म कार्यन्वयन गर्न दलहरुले कहिले अघि सरेन्न । उनै कुरा तिनै फेरी नेताहरु गाँउ आएका छन । भोट मागेका छन । अव त्यो आश्वासन दिने लाई होईन काम गर्ने नेतालाई जिताउने छौ ।