ईलाका प्रशासन कार्यालय तुलसीपुरको नयाँ भबन सिलन्यास



दिपक बोहरा,तुलसीपुर ५ भदौ ।
ईलाका प्रशासन कार्यालय तुलसीपुरको भवन सिलन्यास गरिएको छ ।
राप्ती अञ्चल अस्पताल देखि पूर्व तर्फ रहेको जग्गामा भबन निर्माण गर्न लागिएको हो । करिब साढे दुई करोडको लगानीमा भबन निर्माण हुँदै छ ।
पुर्ण एण्ड जुद्ध निर्माण सेवाले कर बाहेक २ करोड ४९ लाख १० हजार २ सय रुपैयाको लागतमा भवन निर्माण गर्ने जिम्मा लिएको छ ।

दुई तले भबन निर्माण हुन लागेको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धन बहादुर केसीले जानकारी दिए । उनका अनुसार उक्त भबन २ बर्ष भित्र निर्माण सम्पन्न गरि सक्ने पर्ने छ । यसैबीच भबनको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सिलन्यास गरेका हुन् ।

ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धन बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गुणस्तरीय सामाग्री प्रयोग गरी भवन निर्माण गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा भवन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पाण्डे , तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी , ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र प्रसाद अर्याल , पत्रकार नारायणी रजौरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्