सैघाली खबर,
दाङ ५ असोज ।
रिपोर्टस् क्लब प्रदेश नंबर ५ को कार्यालय तुलसीपुरमा स्थापन हुँने भएको छ । रिपोर्टर्स क्लब नेपालले देशभर प्रादेशिक कार्यालयहरु स्थापना गर्दैछ ।
केन्द्रिय अध्यक्ष ऋषि धमलाका अनुसार प्रदेश नं। ५ को कार्यालय तुलसीपुरमा हुने जानकारी दिए । असोज १९ गते कोजाग्रत पुर्णिामाको अबसरमा दाङमा एक कार्यक्रमको आयोजना गरि तुलसिपुरमा कार्यालय स्थापना गर्ने तयारी रहेको दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिए ।
प्रदेश नं ५ को संयोजकको रुपमा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीलाई महाधिवेशनले चयन गरिसकेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।