ठेकेदार लाई कालोमोसो



सैघाली खबर
दाङ ५ असोज
नेपाल कम्युनिष्ट पार्टी घोराही उप–महानगरपालिका जनपरिष्याद दाङले ठेकेदार लाई कालोमोसो दलेको छ ।

घोराही कटुवा खोला पुल देखी तुलसीपुर चोकसम्मको ४ लेन सडक विस्तारको ठेक्का लिएका शंकरमालि निर्माण सेवाका प्रतिनिधि पदम शर्मा सडक स्तरोन्तनीको काम लाई ढिलासुस्ती गरेको आरोप लगाउदै कालोमोसो दलि जन कार्वाही गरेको विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

 

 

 

नेपाल कम्युनिष्ट पार्टी दाङ ईन्चाज सविन पोख्रेलले विकास निर्माण लाई अलपत्र पार्ने गरी ठेकेदार शर्माले काम गरेकाले त्यो जन कार्वाही गरिएको उनले वताए ।

 

निर्माण सुरु भएको ४ वर्ष वितिसक्दा समेत सम्वन्धीत निकाय मौन वसी ठेकेदारले विकासका नाममा सवै नागरिक लाई सास्ती दिएकाले कार्वाही स्वरुप कालोमोसो दलिएको उनले वताए ।

विस्तृत 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्