टाटाको ‘टिगोर’ दाङमा भित्रियो



सैघाली खबर
दाङ ५ असोज  
टाटा कम्पनीको टिगोर आकर्षक गाडीहरु दाङमा भित्रिएका छन । बडा दशै तथा शुभ दिपावलीको पावन अवसर लाई लक्षित गर्दै विएन टाटा मोवाईल दाङले आकर्षक तथा आधुनिक प्रविधिको गाडी भित्र्याईएको हो । विहिवार सासद द्वय राजु खनाल र अनिता देवकोटाले गाडीको लन्चिङ गर्दै आधुनिक प्रविधिको विकास संगै भित्रिएका नयाँ सुविधा सम्पन्न गाडीहरु भित्रिएको दाङको सेवा विस्तार थप टेवा पुग्ने वताएका थिए । 

विएन टाटा मोवाईल दाङले नयाँ प्रविधि सहितको गाडी भित्र्याएकाले त्यो दाङ र दङगालीहरुको लागि अवसर रहेको वताएका थिए । भने गाडीको प्रविधि र सेवा सुविधाका वारे टाटा कम्पनीका पश्चिम व्युरो प्रमुख मुकेश कुमार राईले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण विएन टाटा मोवाईल दाङका संञ्चालक सरोज शाहले गरेको थिए ।

यसैविच लन्चिङ कार्यक्रमको अवसरमै चार जना उक्त गाडी वुकिङ गरेका छन । जसमा महेन्द्र वहुमुखी क्याम्पसका प्राध्यापक दिनेश भट्राई , पुर्ण गिरी क्रसर उद्योगका प्रवनर््धक रविन डाँगी , सिटी गार्डेनका प्रर्वन्धक किरण घर्ति र न्यु सिद्धार्थ हार्डवयरका प्रवन्र्धक रोशन डाँगीले लन्चिङ कार्यक्रमको अवसर पारी गाडी वुक गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्