नेपाल पर्यटन पत्रकार संघको प्रथम महाधिवेशन सम्पन्न शर्माको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय समिति गठन



सैघाली खबर
वर्दिया ५ असोज
नेपालको पर्यापर्यटकिय क्षेत्रमा क्रियाशिल रहेका नेपाल पर्यटन पत्रकार संघको प्रथम महाधिवेशन वर्दियाको ठाकुर द्वारामा विहिवार सम्पन्न भएको छ । 

प्रथम राष्ट्रिय महाधिवेशनले धनिराम शर्मा ‘ऋतुविचार’को अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
असोज ४ र ५ गते बर्दियाको ठाकूरद्धारामा सम्पन्न भएको महाधिवेशनले संघको केन्द्रीय समितिको बरिष्ठ उपाध्यक्षमा बसन्तप्रताप सिंह, महिला उपाध्यक्षमा अमृता केसी, महा–सचिवमा केशरमान बुढाथोकी, उप– महासचिवमा मदनराज जोशी, सचिवमा विष्णुप्रसाद शर्मा र ताराप्रसाद शर्मा, महिला सचिवमा इन्द्रसरा खड्का, दलित सचिव राधा नेपाली, जनजाति सचिव दीपबहादुर घर्तीमगर, कोषाध्यक्ष उदय बिसी सर्व सम्मत चयन गरेको छ । 

त्यस्तै खुल्ला सदस्यमा हरि भण्डारी र जनक विष्ट रहेका छन । भने महिला सदस्य सपना वली र अस्मिता गिरी, जनजाति सदस्य रेखा मगर, कर्णाली सदस्य रमेश रावल, दलित सदस्य सुवास परियार र प्रदेश नम्बर ३ बाट तारानाथ न्यौपाने, प्रदेश नम्बर ४बाट विक्रम सुनार, प्रदेश नम्बर ५बाट सन्तोष बस्याल, प्रदेश नम्बर ६ बाट टेक शाही र प्रदेश नम्बर ७ बाट शिवराज ढुगांना निर्वाचित भएका छन ।

 

त्यसैगरि प्रदेशको अधिवेशन सम्पन्न गर्न महाधिवेशनले प्रदेश नम्बर ३ मा पविना स्याङवा, प्रदेश नम्बर ४ विजय राना, प्रदेश नम्बर ५ मा जितेन्द्र खत्री, प्रदेश नम्बर ६ मा अशोक कुमार सिँह र प्रदेश नम्बर ७ मा बाबुराम श्रेष्ठलाई प्रदेश अधिवेशन गर्न संयोजकमा चयन गरिएको छ, संघको विधान अनुसार ६ महिनाभित्र प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नु पर्ने व्यवस्था छ ।

विहिवार सम्पन्न भएको संघको राष्टिय महाधिवेशनको उदघाटन नेपाल पत्रकार महासघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले गर्नुभएको थियो ।
उदघाटन कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, प्रेस सेनानी तथा संघका संस्थापक सल्लाहकार सल्लाहकार महेन्द्र बुढाथोकी लगायतले शुभकामना व्यक्त  गर्नुभएको थियो ।
संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा९ऋतुविचार० शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । संघको वर्दिया जिल्ला अध्यक्ष दिपक शर्माको स्वागतमन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रिय महा– सचिव केशरमान विसीले गर्नुभएको थियो । हाल ४० जिल्लामा शाखा र विदेशमा समेत शाखा रहेको संघको महाधिवेशनमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि प्रवेक्षक र अतिथिहरुको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्