सुनको बुद्धमूर्ति भन्दै ठगी गर्ने ३ जना पक्राउ



कास्की । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्माालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट पहेँले धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । एक महिनाको अवधिमा विभिन्न १६१ मुद्दामा २५२ पुरुष र २९९ महिलालाई पक्राउ गरिएको थियो ।

सो अवधिमा पाँच हजार ९०० सवारी चालकलाई गरिएको कारवाहीमा रु ४४ लाख ७५ हजार र अवैध जुवा खेल्नेबाट रु पाँच लाख ८० हजार ८०० सहित जम्मा रु ५० लाख ५५ हजार ८०० राजश्व सङ्कलन भएको उनले बताए ।

दर्ता भएका मुद्दामध्ये लागुऔषध १७ , अवैध जुवा खेल्ने १२ स्थानबाट ८४, साइबर क्राइममा ४३ र सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ९४मुद्दा दर्ता भएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्