पश्चिम नेपालका राप्ती र बबई नदीमा बाढीको सम्भावना



काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा बाडीको सम्भावना रहेको छ । आज केही नदीहरुमा पानीको बहाव बढ्ने भएकोले बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

नेपाल बाढी सूचनामार्फत महाशाखाले खासगरी पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ,रुपन्देही, कपिलबस्तु दाङ, रोल्पा, सल्यान, कैलाली, कन्चनपुर लगायतका जिल्ला भएर बग्ने नदीमा पानीको बहाब बढ्ने छ ।

त्यसमा पनि पश्चिम राप्ती र बबईमा बहाब उल्लेख्य बढ्ने महाशाखाले बताएको छ । यी दुई नदीका सहायक नदीमा बहाव सतर्कताको तहसम्म पुग्ने भएकोले सतर्क रहन अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्