काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका(नेकपा)का एक विद्यार्थी नेताले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि जाइलागेका पूर्वयुवराज पारस शाहलाई तत्काल गिरम्तारी गरी कारबाही गर्न माग गरेका छन् ।
अधिवक्तासमेत रहेका नेता सुरेन्द्र बस्नेतले राजकाजमा रहेका बेला विगतमा गायक प्रवीण गुरुङ हत्या, अर्का गायक रामकृष्ण ढकालमाथिको कुटपिटलगायत आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई यसपटक छोड्न नहुने उल्लेख गरेका छन् ।
पासरले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका सईमाथि कुटपिट गर्न हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।