साहित्य/कला

” प्रतीक्षा”

By थाहा अनलाइन

August 19, 2019

सुश्मा तिमल्सिना

पैला जस्तो सफा छैन रे आकाश, ओजोन को सतह मा स-साना प्वाल पर्दै छन् त्यही आकाश ले मन बनेको हुन्छ रे यस्तै यस्तै कुरा अचेल मानिस गर्दै छन् । स्वार्थी प्रेमिहरु अचेल निस्वार्थ प्रेमी को खोजि मा छन् रे, सुन्दै अचम्म लाग्छ र सोध्दा जवाफ पाइन्छ चुम्बक भएपछी उत्तरी ध्रुव सँगै दक्षिणी पनि त चाहिन्छ। पैले जस्तो बसाउन्नन् रे गुलाफ छैनन् रे तीखा काँडाहरू पनि सुगन्धित इत्र छर्किएर मिलेको सुगन्ध हावा का झोक्काहरु ले पनि उडाएर लाँदा रछन्। पैले जस्तो आक्कल झुक्कल होइन गुलाफ कै रक्षार्थ खटिएर पनि, बारम्बार ठाेकिन्छन् रे, गुलाफ सँग काँडाहरू । तेसैले बोधिएका छन् । पैले जस्तो सफा छैन रे आकाश