सैघाली खबर
महोत्तरी, ६ असोज
महोत्तरीको गौशला नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका शिवनाथ महतो निर्वाचित भएका छन् । महतो ५९४४ मत प्राप्त गरी मेयरमा र उपमेयरमा माओवादीकै आशा लामा ५९७० मत हासिल गरी विजयी भएका हुन् । मेयरका निकटम प्रतिद्वन्दी संघीय समाजवादी फारेम नेपालका उम्मेदवारले मेयरतर्फ ५००० र उपमेयरतर्फ ४६४२ मत हासिल गरे ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।