चितवनमा निषेधाज्ञ क्षेत्रमा प्रर्दशन गर्नै खोज्दा झडप



 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेकोे समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन्।प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न खोजेपछि झडप भएको छ।

केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।भरतपुरको चौविसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रमा प्रदर्शन र मानिसको जमघट निषेध गरिएको छ।जिल्ला प्रहरी कार्यालय चितवनले यो क्षेत्रमा आजदेखि प्रदर्शन र हुलहुज्जत गर्न निषेध गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्