रौतहट गढीमाई नगरपालिकामा कांग्रेस विजयी



सैघाली खबर
रौतहट, ६ असोज

रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुबै पद जितेको छ ।  मेयरमा नेपाली कांग्रेसका उम्मेदवार श्याम यादव ५४५७ मतसहित विजयी हुनुभएको हो ।

उहाँले राजपा नेपालका मोहम्मद अब्दुल कलाम आजादलाई हराउनुभएको हो । आजादले ५०५६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपमेयर पदमा विजयी नेपाली कांग्रेसकै उम्मेदवार सुभद्रा यादवले ५५४१ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालकी उम्मेदवार पुनकली देवीले ३९३३ मत प्राप्त गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्