प्रदेश नम्बर २ को नतिजाः कांग्रेसको अग्रता, माओवादी दोस्रोमा



सैघाली खबर
काठमाडौं,६ असोज


प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस अगाडी देखिएको छ । बिहानसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले १३ स्थानिय तहमा जित हाँसिल गरेको छ । काँग्रेसलाई पछ्याउँदै माओवादी केन्द्र ८ स्थानमा विजयी भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल ७ स्थानमा विजयी भएको छ भने नेकपा एमाले र सङ्घीय समाजवादी फोरम नेपालले पाँच–पाँच तहको अध्यक्ष वा प्रमुख पद जितेका छन् ।

लोकतान्त्रिक फोरमले दुई र नेपाली जनता दलका उम्मेदवार एउटा तहको अध्यक्ष तथा प्रमुख पदमा विजयी भएका छन् । बिहानसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसको अग्रता कायम नै रहेको छ । नेपाली कांग्रेसले २५ स्थानमा अग्रता लिएको छ भने नेकपा एमाले अग्रतामा दोस्रोमा रहेको छ । उसले १८ स्थानमा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले १५, राजपाले १४ र संघिय समाजवादी फोरमले ११ स्थानमा अग्रता लिएको छ । बिहानसम्म १ सय १६ स्थानिय तह मध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

एकमात्र महानगर बिराटनगरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको हो । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ । अहिलेसम्म २ हजार ६ सय ८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । कांग्रेसका अजयकुमार द्विवेदी ३ हजार ९सय ३९ मत छ भने राजपाका राजेशमान सिंह ३ हजार ८ सय ३२ मत रहेको छ । संघिय समाजवादी ३ हजार ५ सय २१ माओवादी केन्द्र २ हजार ४ सय २३ नेकपा एमाले १ हजार ९ सय ७३ फोरम लोकतान्त्रिक१ हजार ३ सय १३ मत रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्