मुख्य समाचार

प्रधानमन्त्री देउवा भेटवार्तामा व्यस्त

By थाहा अनलाइन

September 22, 2017

सैघाली खबर काठमाडौं,६ असोज

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग नेपाली समय अनुसार गएराति भेटवार्ता गर्नु भएको छ । त्यस क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण गर्दै आफू नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिनुभयो । श्रीलंकाली राष्ट्रपति मैत्रीपालाले नेपालको आनन्दकुटी विहार र मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रधानमन्त्री देउवाको हिजो नै नै अफगानिस्तानका राष्ट्रपति असर्रफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसंग छुट्टा–छुट्टै भेटवार्ता गर्नुभयो । भेटमा यस क्षेत्रका समस्याका साथै क्षेत्रीय सम्बन्ध विस्तारका बारेमा समेत कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, न्यूयोर्क्स्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । संयुक्त राष्ट्र संघको ७२औँ महासभालाई प्रधानमन्त्री देउवाले भोलि सम्बोधन गर्ने कार्यक्रम छ ।