टेकबहादुर पुन ।
देउखुरी । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले चालू आर्थिक बर्षमा भू(तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत सञ्चालन हुने योजनाको बारेमा छलफल गरेका छन् । कार्यालयका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद पौडेल र जलाधार विज्ञ महेन्द्र चौधरी संग छलफल गरेका हुन् ।
छलफलको क्रममा साँसद शर्माले जोखिमयुक्त ठाउँको पहिचान गरि तट्बन्धलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । लमही नगरपालिका वडा नम्बर ७ अर्जुन खोलामा गरिएको गत बर्षको तट्बन्धको निरिक्षण गर्दै अन्य जोखिमयुक्त ठाउँमा तट्बन्धको कार्यक्रम अघि बढाउनु पर्ने बताएका हुन् ।
यस आर्थिक बर्षमा ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्न ८ करोड १० लाख बजेट बिनियोजन भएको छ । यो बजेटबाट निकै जोखिमयुक्त ठाउँको पहिचान गरि तट्बन्धको कार्यक्रम अघि बढाउनु पर्ने आवश्यकता छ ।
गत बर्ष लमही(७ मा १३ लाखको लागतमा बनाइएको स्पर र डाइकले काम गरेको छ । भू(तथा जलाधार व्यवस्थापन कार्यालयले जिल्लाको अर्जुन खोला, बंबई, गहते, ग्वार लगायतका खोलामा लघु तट्बन्धको काम गर्दै आएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।