सैघाली खबर
काठमाडौं,६ असोज
शिक्षा ऐन नवौं संशोधनको विरोधमा उत्रिएका विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाउने भएका छन् । अनेरास्ववीयूका सचिव आरसी लामिछानेका अनुसार प्रधानमन्त्रीलाई भेटेर नवौँ संसोधन विधेयकको विरोध जनाउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिए पनि समय भने निश्चित भइसकेको छैन ।
प्रमुख दलका शीर्ष नेतालाई भेट्नेदेखि विद्यालयहरुमा कालो झण्डा गाड्ने लगायत विरोधका कार्यक्रम हिजो सार्वजनिक गरेका विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री भेट्न लागेका हुन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम, अखिल छ्रैठौं र अखिल पाँचौं शिक्षा ऐन संशोधनको विपक्षमा उभिएका हुन् ।
भोलि प्रमुख दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने, पर्सि देशभरका विद्यालयहरुमा कालोझण्डा गाड्ने र विज्ञहरुसँग सडक बहस गर्ने कार्यक्रम तय गरिएको अनेरास्ववीयूका सचिव लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो । संशोधन प्रस्ताव तत्काल फिर्ता नभए विद्यार्थी संगठनहरु अझै कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत उहाँले दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।