आज यी नदीमा बाढी आउन सक्छ, सतर्क रहन सचेत



काठमाडौं । आज ९बुधबार० पनि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण केही मुख्य नदी र तिनका सहायक नदीमा पानीको बहाब उच्च भइ बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, काठमाडौं र आसपास, नुवाकोट, गोरखा,तनहूं, नवलपरासी रूपन्देही, पाल्पा, अर्घाखांची, प्युठान, दाङ, रोल्पा, सल्यान, डोटी, बाँके जिल्ला भइ बहने नदीहरूमा बहाव बढ्ने सम्भावना छ ।

यस्तै, कमला, बागमती, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने बताइएको छ । पानीको बहाब बढ्ने भएकोले सतर्क रहनसमेत सचेत गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्