“अप्सरा नेपाली बचाउ “अभियानमा बर्राचौरमा रहेको आम्बारी माविद्धारा आर्थिक सहयोग



 

अमृत भट्टराई। पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरमा रहेको आम्बारी माविले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यश बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपाली को आन्द्रा मा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्ट बाट क्यान्सर भएको पुष्टि भए सँगै उनको उपचार अहिले नयाँ दिल्लीमा भएको र आर्थिक समस्य परेको हुनाले घर परिवारले आर्थिक सहयोग सहयोगको अपिल गरेपछि पर्वत विहादीका केही युवाले सहयोग ठाउने कार्य सुरु गरेका छन् ।

सोमबार सहयोग उठाउने क्रममा बिहादी गाउँपालिका वडा नम्बर २ मा रहेको आम्बारी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले खाजा खानको लागि लिएको पैसा र शिक्षकशिक्षिकाले मिलेर अप्सरा बचाउ अभियान लाई संयुक्तरूपमा संकलन गरेको रकम विद्यालयका प्राध्यापक गणेश शर्माले रू। छ हजार असी ६०८० रुपैया सहयोग पत्रकार अमृत भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्