टेकबहादुर पुन,
देउखुरी । पेशाले शिक्षक थिए लमही ५ लमही निवासी दिपक खनाल । २०७४ साल पौष ११ गते सधा झै बिद्यालय बिदा भएपछि उनी घर फर्कदै थिए ।
पुर्ब पश्चिम राजमार्गमा खनाललाई पुर्बबाट आउँदै गरेको भारतिय जिपले ठक्कर दियो । उनको जीवनमा अपत्यारिलो दुर्घटना घट्यो । जुन दुर्घटनाले उनको एउटा खुट्टा नै खाईदियो ।खुट्टा बचाउनलाई बुटवलमा ३ महिना र काठमाण्डौमा १ महिना उपचार गरियो ।
उपचारमा ढिलाई भएकै कारण दिनप्रतिदिन झन ईन्फेक्सन बढ्दै गयो । नेपालमा उपचार सम्भब नभएपछि दिल्लिको ओपोलो हस्पिटलमा १४ महिना लगातार उपचार गरियो । त्यहाँ उपचार सम्भब त भयो तर खनालले बायाँ खुट्टा गुमाउनु पय्रो ।
उमेरले भर्खर ३२ बर्ष पुगेका खनालले भने अरु साथी भाइ हिँडेको घुमेको देख्दा मलाई पनि रहर जागेर आउँछ । पहिलेको जस्तै जिवनमा फर्किन मन त छ उनलाई, तर बिडम्बना त्यो अब सम्भब छैन । प्राकृतिक खुट्टा गुमाएपनि कृतिम खुट्टाको साहरामा जीवन यापन गर्ने सोच बनाएको खनालले सुनाए ।
कृतिम खुट्टाका लागि अहिले उनले सबैसँग आर्थिक सहयोगको याचना गरेका छन् । अर्को खुट्टा जोड्नकै लागि खनाललाई भारतिय ८ लाख रुपैया जुटाउनु पर्ने छ । पहिले उपचारमा सबै पैशा सकिय पछि खनाल परिवारले अहिले सबैसँग आर्थिक सहयोगको याचना गरेको हो ।
खुट्टा गुमाएका खनाललाई करिब ४६ हजार सहयोग
खुट्टा गुमाएका दिपक खनाललाई अर्को खुट्टा जोड्नका लागि उनका साथीहरुले मङ्गलबार आर्थिक सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा देश बिदेशमा रहेका उनका ८ जना साथीहरुले ४६ हजार १ सय रुपैया हस्तान्त्रण गरेका हुन् ।
जर्मणबाट शुरेस केसीले १२ हजार ६ सय, घोराही बाट नारायण डाँगिले १० हजार, राप्ती दर्पन टिभिका सञ्चालक अरुण बिसिले १० हजार, लमहीबाट प्रशान्त जिसिले ५ हजार, काठमाण्डौ बाट दिपा शर्माले ३ हजार, काठमाण्डौ बाटै बिक्रम आचार्यले २ हजार, प्युठान बाट शरद आचार्यले २ हजार र क्यानडा बाट आरति वलिले १ हजार ५ सय गरि ४६ हजार १ सय रुपैया हस्तान्त्रण गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।