एउटै शिक्षा कार्यालयमा दुई वटा जि.सि.ओ.



 

निर्णय कार्यान्वयन नगर्न उच्च अदालत द्धारा ईष्टे अर्डर जारी

जनक नेपाली
दाङ, ६ असोज । जिल्ला शिक्षा कार्यालय दाङमा चरम विवाद देखिएको छ । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनाली कार्यरत हुदाँहुदै रुद्रप्रसाद रेग्मीलाई जिल्ला शिक्षा अधिकारीको रुपमा पठाउदा दुवैका विचमा चरम बिवाद देखा परेको हो । २०७२ फागुन १०गते जिल्ला शिक्षा कार्यालय दाङमा सुरुवा भएर आउनुभएका मैनाली कार्यरत रहदा रहदै रेग्मीलाई शिक्षा मन्त्रालयले फेरी यही भदौ ९ गते जिल्ला शिक्षा अधिकारीका रुपमा तोकी पठाएको थियो । मन्त्रालयले शिक्षा कार्यालयमा दुई वटा जिल्ला शिक्षा अधिकारी तोकी पठाए पनि कार्यालय भने निमित्त जिल्ला शिक्षा अधिकारी रविन्द्र क्षेत्रीको भरमा सञ्चालित छ । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा अधिकारीको रुपमा आफुलाई तोकी पठाएपछि मैनाली भने गत भदौ १२ गते देखि कार्यालयमा हाजिर नभएको रेग्मीले बताउनु भएको छ । भदौ २६ गते देखि जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनाली कोरिया भ्रमणमा रहनु भएको छ ।

रेग्मी भदौ २१ गते जिल्ला शिक्षा कार्यालयमा हाजिर हुन भएको हो । मैनालीलाई शिक्षा मन्त्रालयले हाल शैक्षिक जनशक्ति विकास केन्द्र सानो ठिमी भक्तपुरमा उपनिर्देशकको रुपमा काज सरुवा गरेको रेग्मीको भनाई छ । दुबै कार्यालय प्रमुख नहुदा कार्यालयमा कार्यालयको कामकाजमा समस्या देखि परेको जिल्ला शिक्षा कार्यालयमा एक कर्मचारीले वताएका छन् । कार्यालयमा समान्य खालका कामकाज मात्र गर्दै आएका छौ तर नितिगत निर्णय गर्नु पर्र्ने सबैकाम अलपत्र अबस्थामा छन् ति कर्मचारीले भने । भदौ ३० सम्म कार्यालय हाजिर भएका जिल्ला रेग्मी भने असोज १० गते सम्मका लागि घर विदा भन्दै काठमाण्डौ पुग्नु भएको छ । घरयसी काम कामकाजमा लागेका कारण आफु विदा बसेको रेग्मीले वताउनुभयो । कर्मचारीलाई तलव खुवाउने देखि कार्यालयको सम्पूर्ण काम सकेर विदामा बसेको छु भन्नुभयो । जिल्ला शिक्षा कार्यालय दाङको निमित्त जिल्ला शिक्षा अधिकारीको रुपमा रविन्द्र क्षत्रीलाई जिम्मा दिएको रेग्मी बताउनु हुन्छ ।

निर्णय कार्यान्वयन नगर्न अदालतद्धारा निर्र्देशन

जिल्ला शिक्षा कार्यालय दाङलाई पाटन उच्च अदालतले शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन जारी गरेको छ । गत भदौ ९ गते शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालय दाङको प्रमुखका रुपमा रुद्रप्रसाद रेग्मीलाई तोकी पठाए पछि पाटन उच्च अदालतले भदौ ९ को निर्णय कार्यान्वयन नगर्न निर्देशन गरेको कार्यालयका एक कर्मचारीले वताएका छन् । पुर्नहः बहालीका लागि मैनालीले अदालतमा मुद्धा दायर गरेपछि उच्च अदालतले निर्णय कार्यान्वयन नगर्न निर्देशन गरेको उनको भनाई छ । त्यस बारेमा थप कुरा गर्दे रेग्मीले अदालतले ईष्टे अर्डर जारीको पत्र कार्यालय अहिले सम्मा नआएको वताउनुभयो । मेरो हात सम्म पत्र परेको छैन त्यसबाहेक अरु मलाई केही थाहै छैन कुन कर्मचारीले पत्र राखेका छन् त्यो मलाई नी थाहा भएन भन्नुभयो ।

इष्टे अर्डर नै गाएब

उच्च अदालतले जारी गरेको पत्र नै जिल्ला शिक्षा कार्यालयबाट गाएब भएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले कार्यालयका एक कर्मचारीको ईमेलमा पत्र पठाएको भएपनि त्यो पत्र कसले राखेको छ भन्ने वारेमा कुनै जानकारी नरहेको रेग्मीले वताउनुभयो । त्यो पत्र कहिले आयो कसले पठायो भन्न्ने बारेमा आधिकारिक रुपमा कुनै जानकारी आफुलाई नरहेको रेग्मीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्