धनगडीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी



सैघाली खबर,
लहान ६ असोज ।( सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मेयर९प्रमुख० पदमा हरिनारायण चौधरी र उपमेयर९उपप्रमुख० मा फूलकुमारी श्रेष्ठ विजयी भएका हुन । हरिनारायाणले ५६ सय ८३ र श्रेष्ठले ५६ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एमालेबाट मेयरका प्रतिस्पर्धी शिवशंकर महतो ४४ सय २९ मत प्राप्त गरेका छन भने एमालेबाटै उपमेयर उम्मेदवार निर्मला बास्तोलाले ४५ सय २७ मत ल्याएकी छिन्।

धनगडीमाई नगरपालिकामा जितसंगै नेकपा माओवादीले सिरहाको १७ स्थानीय तहमध्ये ५ स्थानीय तह जितेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्