भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युको सम्बन्धमा सम्बन्धित निकायबाट भईरहेको अनुसन्धानका विषयलाई लिएर उत्पन्न असहज परिस्थितितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सो घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुको विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमूखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशव्द प्रयोग एवं गालीगलोज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जन गर्ने प्रवृत्ति देखिनु दुखद् भएको महानगर प्रमूख रेनु दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।
‘कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा यस सम्वन्धमा निष्पक्ष, सत्यतथ्य छानविन गरी ‘दोषी नछुटून् र निर्दोष नपरुन्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्वन्धित पक्षसँग आग्रह गर्दछ,विज्ञप्तिमा भनिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।