बस दुर्घटनाः घटनास्थलमा ३ को मृत्यु, २० घाईते



सैघाली खबर,
रामेछाप ६ असोज । काठमाडौं जान लागेको यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । त्यस्तै २० जना घाइते भएका छन् । रामेछाप नगरपालिका–८ सानुबारीबाट काठमाण्डौ जान लागेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरुमा रामेछाप नगरपालिका–८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका–६ की २५ बर्षीया उमा बस्नेत र ठेगाना नखुलेकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
यात्रुबाहक बस सडकबाट करीब ३० मिटर तल खसेको हो । घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्