आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा



डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले आज (शुक्रबार) प्रदेशभर सार्वजनिक विदा दिएकोे छ । गौरा पर्वका अवसरमा प्रदेश सरकारले विदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

सरकारको निर्णयअनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा विदा हुनेछ ।

साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्