सैघाली खबर,
दाङ ६ असोज।
दुई दिन देखि हराईरहेका शान्तिनगर गाउपालिका एक ब्यक्ति मृत भेटिएका छन् । वुधवार देखि हराएका ६२ वर्षीय जोगि वोहरा शान्तिनगर गाउपालिकाको चिराघाट खोलामा शुक्रवार मृत फेलापरेको पत्रकार निराश पाण्डेले जानकारी दिए ।
चिराघाट खोलाको ५० मिटर अग्लो भिरवाट लडेर वोहराको मृत्युभएको हुनसक्ने प्रहरीले अनुमाण गरेको छ । मृतक वोहराको शुक्रवार नै राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पोष्टमाटम गरी अन्तीम दाहसंसकार गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।