दुई दिन देखि बेपता रहेका एक ब्यक्ति मृत भेटिए

By थाहा अनलाइन

September 22, 2017

सैघाली खबर, दाङ ६ असोज। दुई दिन देखि हराईरहेका शान्तिनगर गाउपालिका एक ब्यक्ति मृत भेटिएका छन् । वुधवार देखि हराएका ६२ वर्षीय जोगि वोहरा शान्तिनगर गाउपालिकाको चिराघाट खोलामा शुक्रवार मृत फेलापरेको पत्रकार निराश पाण्डेले जानकारी दिए ।

चिराघाट खोलाको ५० मिटर अग्लो भिरवाट लडेर वोहराको मृत्युभएको हुनसक्ने प्रहरीले अनुमाण गरेको छ । मृतक वोहराको शुक्रवार नै राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पोष्टमाटम गरी अन्तीम दाहसंसकार गरिएको छ ।