बसको ठक्करबाट एकको मृत्यु, दुई घाईते



सैघाली खबर

दाङ ६ असोज। दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । तुलसिपुरबाट पोखरा जादै गरेको ना ४ ख ७२४३ नम्बरको डिलक्स बसले नारायणपुरको डोक्रेना चोकमा ठक्कर दिदा घोराही ११ निवासी नरमाया मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते रेग्मीको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा घोराही उपमहानगरपालिका ५ निवासी रेजिना डाँगी र तुलसिपुर उपमाहनरपालिका १४ आकृति रेग्मी घाईते भएको प्रहरीको भनाई छ । घाईते दुबैको राप्ती उपक्षेत्रिय अस्पताल घोराही उपचार भैरहेको । बस र चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्