प्रहरी हाम्रो टोलमा



 

आर.के.शीतल
दाङ, ६ असोज गृह मन्त्रालयले दाङ लगायत देशैभर आजदेखी नयाँ कार्यक्रम सुरु गरेको छ । मन्त्रालयले देशभर एकैसाथ एकै समयमा ‘शान्ति सुरक्षा र शुसासन जनमैत्री प्रहरी र प्रशासन’ कार्यक्रम सुरु गरेको हो । शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङले औपचारिक कार्यक्रमको आयोजना गरि अभियानको सुरु गरेको हो ।“प्रहरी हाम्रो टोलमा” नामवाट बुझिने यो कार्यक्रम गृह प्रशासनमा उपयोगी हुने वडा प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाले जानकारी दिनुभयो । नागरिक केन्द्रित सुरक्षा प्रणालीको स्थापना गर्ने अवाले जानकारी दिनुभयो ।
अभियानमा एक प्रहरी एक टोल वा एक निश्चित क्षेत्र निश्चित गरी नक्सांकन सहितको कार्यक्षेत्र तयार गर्ने, स्थानीय टोल सुधार समितिहरू गठन गरि सामाजिक कार्य गर्ने, निर्धारित क्षेत्र भित्र सिसि टिभी तथा साइरन जडान गर्ने, शहरी र ग्रामिण क्षेत्रमा रहेका स्थानीय तहहरुमा रहेका होटेल तथा लजहरुमा अनिवार्य रुपमा परिचय खुल्ने वातावरण निर्माण गरिने अवाले बताउनुभयो ।दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यको अध्यध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपाने र स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाले अभियानबारे जानकारी गराउनुभएको थियो ।कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्