‘ मापदण्ड विपरित मासु पसल ’



गिरिराज नेपाली
दाङ ६ , असोज
घोराही बजारमा संञ्चालनमा रहेका मासु पसलहरु मापदण्ड विपरित संञ्चालनमा रहेका छन । स्थानिय प्रशासन , उपभोक्ता अधिकारकर्मि , उद्योग वाणिज्य संघ र पत्रकारहरु टोलीले शुक्रवार गरेको अनुगमनमा यस्तो पाईएको हो । अव्यवस्थित रुपमा मासु पसलेहरुले जथाभावी रुपमा विना अनुमति नै मासु विक्रिवितरण गरेको पाईएको छ ।

मासु पसल तथा वधशाला बारम्बर अनुगमन गरेको त्यो अनुगमन , अनुगमनमै सिमित हुने गरेको छ । मासु व्यापारीहरुले जथाभावीहरु खुल्ला विक्रि वितरण गरी रहे तर्फ स्थानिय प्रशासन र अधिकारकर्मिको ध्यान पुगे पनि खासै उपलव्धी हुन नसकेको उपभोक्ताहरुको गुनासो गरेका छन ।

घोराही उप–महानगरपालिका वडा नम्वर १४ मा संञ्चालित मासु पसलेहरु जथाभावीहरु मसु विक्रि वितरण गर्दा उपभोक्ताहरुको सुरक्षित आहार अधिकार हनन भएको स्थानिय उपभोक्ताहरुले गुनासो गरेका छन । घोराही उप–महानगरपालिका १४ का राम कुमार थापाले बारम्बार मासु पसलहरुको अनुगमन गरे. पनि त्यो अनुगमन खासै उपलव्धी नभएको वताए । मासु पसलेहरुको लापरवाहीका कारण त्यो अनुगमन वाट उपभोक्ताहरुले न्याय नपाएको उनले वताए । ‘ सधै अनुगमनमा स्थानियमा प्रशासन सहित अन्य अधिकारकर्मि र पत्रकारहरुको टोली आउनुहुन्छ । ’ तर दिउसो अनुगमन गरेर बाहिर झुण्ड्याएका मासु भित्र लुकाउछन । साँझ देखी फेरी उहि झिँगा भन्कीएको मासु उपभोक्ताहरुका खान वाध्य हुन्छन । थापाले भने – स्थानिय प्रशासन तथा स्थानिय तहहरुले मासु पसलहरुको व्यावस्थापनका लागि व्यावस्थापन भन्दा पनि अनुगमनको पाटो लाई मात्रै ध्यानमा राख्दा उपभोक्ताहरुले झिँगा भन्केको मासु खानुपर्ने वाध्यता रहेको छ । नेपाल सरकारको मापदण्ड अनुरुप कुनै पनि मासु पसलहरु संञ्चालनमा नरहेकाले मासु पसलेहरुले व्यापारका नाममा उपभोक्ताहरुको स्वास्थ्यमा चरम लापरवाही गरेको उनले आरोप लगाए । खुल्ला रुपमा बाहिरै त्रयौल मासु झुण्ड्याएको हुन्छ । झिगा र धुलो पनि उस्तै बसेको हुन्छन ।

थापाले अझै थपेर भने– मासु वधशालाको अवस्था पनि उस्तै छ । खोलाको बधशालामा पशु वध गरी खोलाको फोहोर पानीमा मासु धोई–पखाली गरी मासु विक्रिवितरण गरी रहेका छन । स्वास्थ्य परिक्षण नै नगरी पसलेहरुले जथाभावी रुपमा मासु वध गर्दा पनि उपभोक्ताहरुले अस्वथ्यकर मासु उपभोग गरिरहनु परेको उनले वताए । सरकारले पशु परिक्षण गरी मासु काट्न वेच्न नितिगत प्रावधान गरे पनि सम्वन्धित निकायहरुको लापरवाहीका काराण् पसलेहरुले त्यो उन्मुक्ती पाईरहेको उनले वताए । बारम्बारको अनुगमनले बजार अनुगमन लाई तर्फको केही सोच फराकिलो वनाएको छ । तर अनुगमनले दिनुपर्ने राहात र सेवा उपभोक्ताहरु लाई दिन सकेको छैन । मासु पसलहरुको अनुगमन भन्दा पनि व्यावस्थापनका लागि स्थानिय प्रशासनसले ध्यान दिएमा स्वच्छ र सफा मासु उपभोक्ताहरुले उपभोग गर्न पाउने उनले वताए ।

यता घोराही उप–महानगरपालिकाले मासु पसल व्यावस्थापन र उपभोक्ताहरु लाई स्वच्छ मासु खुवाउने प्रयासका साथ मासु पसलहरुको अनुगमन र निरिक्षण गरे पनि व्यावसायीहरुको लापरवाहीका कारण मासु पसलहरु लाई उपभोक्ता मैत्री वनाउन नसकेको वताएको छ । घोराही उप–महानगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले मासु पसलहरुको पसल व्यावस्थापन सरसफाई र दर्ताका लागि बारम्बर पत्राचार गरे पनि त्यो आग्रह लाई अस्वीकार गरेकाले घोराही बजारको मासु पसलहरुको व्यावस्थापनका लागि केही चुनौती थपिएको उनले वताए । मासु पसल र बधशाला व्यावस्थापनका लागि नगरपालिकाले योजना निर्माण गरे पनि त्यो योजनाले खासै उपलव्धी मुलुक काम गर्न नसकेको उनले वताए । उनले भने – ‘पसलेहरुले हामीले गरेको सरसफाई हाम्रै लागि हो । ’ यो अवस्थाको अन्त्य नहुने उनले वताए । सार्वजानिक रुपमा गरिने मासु व्यापारले कानुनी मापदण्ड पुरा नगरेकाले पनि स्थानिय तहले ति मापदण्ड विपरितका मासु पसलहरु लाई कानुनी दायरामा लिन सकेको छैन । जसका कारण मासु पसलहरुले व्यापारका नाममा उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेको पाईन्छ ।

अनुगमन भन्नाले व्यावस्थापन र सुधारका लागि भए पनि अनुगमन पछिल्लो मौसमी नारा बनिरहेकाले उपभोक्ताहरुले अनुगमनको सार्थकता नपाउदा यो समस्या झेल्नु परेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्