मुख्य समाचार

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

By थाहा अनलाइन

September 22, 2017

दशरथ घिमिरे दाङ , ६ असोज देउखुरीमा एक महिलाको हत्या भएको छ । राजपुर गाउँपालिका वडा नं.१ ताउले निवासी करिव ३५ वर्षीय मौसमी वुढाको हत्या श्रीमान नन्दलाल वुढाले गरेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।श्रीमतीको हत्यागरी वुढा फ्रहार भएको र उनको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । के कारणले हत्या भएको हो भन्ने वारेमा थाह हुन सकेको छैन् । घर भित्रै शव फेला परेको प्रहरीले जनाएको छ । घटना दिउसो २ बजे भएको अनुमान गरिएको छ ।