यस्तो छ २ नम्बर प्रदेशको ताजा नतिजा



सैघाली खबर
प्रदेश २ , ७ असोज

 

स्थानिय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेका छन् । प्रदेश नम्बर २ का १ सय ३५ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ । तर, धिमा गतिमा मतगणना भएकाले अन्तिम परिणाम आउन भने ढिलाइ भएको छ । 

अहिलेसम्म प्राप्त मतपरिणाम यस्तो छ–

कांग्रेसले जितेका स्थानीय तह

१. सिरहाको नवराजपुर गाउँपालिकामा विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी ।

२. धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।

३. सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी ।

४. धनुषाको जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी ।

५. सप्तरीको विष्णुपुरमा कांग्रेसका मेयर लिलाम्बर यादव र उपमेयरमा कांग्रेसकै जन्जीरादेवी यादव विजयी ।

६. सप्तरीको बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव र उपप्रमुखमा पुष्पमाला कुमारी मण्डल विजयी ।

७. रौतहटको परोहामा शेख वकिल प्रमुख र सुगान्ध देवी उपप्रमुखमा विजयी ।

८. बाराको करैयामाईको प्रमुखमा कांग्रेसका भुनेश्वर धामी र उपप्रमुखमा चित्ररेखाकुमारी चौधरी निर्वाचित

९. सर्लाहीको रामनगर गाउँपालिका प्रमुखमा कांग्रेसका कृष्णप्रसाद बर्मा र उपप्रमुखमा नितुदेवी यादव विजयी ।

१०. धनुषाको धनौजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह र उपप्रमुखमा रामवती देवी मण्डल विजयी ।

११. धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पंजियार र उपप्रमुखमा रचना श्रेष्ठ बिजयी ।

१२. सर्लाहीको हरिपूर्वाको प्रमुखमा सियाराम राय र उपप्रमुखमा चन्द्रकला देवी सुडी निर्वाचित ।

१३. पर्साको पर्सागढी नगरपालिकामा मेयर उम्मेदवार लोकनारायण यादव र उपमेयर अर्चना चौधरी विजयी ।

१४. महोत्तरीको बलवामा प्रमुख विनोद यादव विजयी ।

१५. महोत्तरीको लोहरपट्टीमा प्रमुख शैलेन्द्र यादव, उपमा सरिता शर्मा विजयी ।

१६. महोत्तरीको औरहीमा प्रमुखमा सुनिलकुमारी यादव विजयी ।

१७. बाराको निजगढमा मेयर सुरेश खनाल विजयी । उपमेयर भने एमालेबाट निर्वाचित ।

१८.सिरहाको कल्याणपुर नगरपालिकामा सूर्यनाथ मण्डल मेयर र रोहिणीकुमारी यादव उपमेयर निर्वाचित ।

१९ .सर्लाहीको बसबरियामा प्रमुखमा रामअयोध्या यादव र उपप्रमुखमा राजपाका रिनाकुमारी यादव विजयी ।

२०. रौतहटको फतुवा विजयपुर गोपाल राय यादव विजयी ।

२१. रौतहटको राजदेवी नपा मेयरमा धिरेन्द्रकुमार सिंह विजयी ।

२२. धनुषाधाम नपाको मेयरमा बालेश्वर मण्डल र उपमा विद्यादेवी भूजेल निर्वाचित ।

२३. सप्तरीको अग्नीसाइर कृष्णासवरन प्रमुखमा परशुराम चौधरी र उपप्रमुखमा मिना चौधरी विजयी ।

२४. बाराको सिम्रौनगढ नगरपालिकाको मेयरमा वीजयशंकर यादव

२५. रौतहटको चन्द्रपुर नगरपालिका मेयरमा रामचन्द्र चौधरी ।

२६. रौतहटको गढीमाई प्रमुखमा श्याम यादव र उपप्रमुखमा शुभद्रा गुप्ता निर्वाचित ।

संघीय समाजवादी फोरम, नेपालले जितेका स्थानीय तह

१. सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।

२.सिरहाको भगवानपुर गाउँपालिकामा बेचनप्रसाद यादव प्रमुख र सीतादेवी यादव उपप्रमुखमा विजयी ।

३. सर्लाहीको पर्सा गाउँपालिका प्रमुखमा संघीय फोरमका किसुनदेव राय र उपप्रमुखमा इन्द्रकलादेवी निर्वाचित ।

४. बाराको पपचरौता नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमको रमेशकुमार यादव र उपमेयरमा राजपाका इन्दुकुमारी विजयी ।

५ .सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका हेमन्तकुमार९मनोज० बहरखेर विजयी भए । उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकै तिर्थमाया मण्डल।

६ .बिन्दवासिनी गाउँपालिकामा संघीय समाजवादी फोरमबाट अध्यफमा श्रीलाल साह कानु विजयी ।

७ .धनुषाको गणेशमान चारनाथ नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल प्रमुखमा र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।

८.बाराको फेटा गाउँपालिका प्रमुखमा संघीय फोरमका अमिरीलाल प्रसाद र उपप्रमुखमा कमरुल खातुन विजयी ।

९.महोत्तरीको सोनमा गापा अध्यक्षमा राजकुमार यादव र उपाध्यक्षमा विभादेवी विजयी ।

१०. रौतहटको देवाही गोनाही नपा प्रमुख धर्मेन्द्रप्रसाद पटेल विजयी ।

११. धनुषाको लक्ष्मनिया गाउँपालिकाको अध्यक्षमा विन्देश्वर यादव र उपाध्यक्षमा इन्द्रकला यादव विजयी ।

१२. रौतहटको बौधीमाई नगरपालिका प्रमुखमा राजु यादव र उपप्रमुखमा प्रेमलता कुसहवा विजयी ।

राजपाले जितेका स्थानीय तह

१ .धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी

२. बाराको देवतालका प्रमुखमा राजपाका चन्दन सिंह र उपप्रमुखमा रामपतिदेवी महतो निर्वाचित ।

३. सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्षमा राजपाका रामप्रसाद राय यादव र उपप्रमुखमा सुनितादेवी विजयी ।

४‍. महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा राजपाका सुनिला यादव र उपाध्यक्षमा सीतादेवी साह विजयी ।

५. सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा राजपाका शिवनारायण साह र उपप्रमुखमा इन्दुदेवी चौधरी निर्वाचित ।

६. सर्लाहीको ब्रम्हपुरी गापा अध्यक्षमा राजपाका विनोदकुमार साह र उपाध्यक्षमा गीतादेवीको जित ।

७. सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षमा राजपा नेपालका हरेराम यादव र उपाध्यक्षमा बेचनीदेवी सरदार विजयी ।

८. महोत्तरीको मटिहानीमा राजपाका हरिप्रसाद मण्डल निर्वाचित । उपमेयर पनि राजपाकै ।

९. बाराको परवानीपुर गाउँपालिका अध्यक्षमा हरिनारायणप्रसाद साह, उपाध्यक्षमा सावित्री देवी निर्वाचित ।

१०. सर्लाहीको बलरा नगरपालिकामा मेयरमा अभयकुमार सिंह र उपमेयरमा रामसखी देवी विजयी ।

११. रौतहटको गौर नगरपालिका प्रमुखमा राजपाका अजय गुप्ता र उपप्रमुखमा किरण ठाकुर निर्वाचित ।

१२. महोत्तरीको भंगाहाको प्रमुखमा राजपाका सन्जीव साह र उपप्रमुखमा गंगादेवी सिंह विजयी ।

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी ।

२. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी ।

३. पर्साको ठोरी गाउँपालिकामामा माओवादीका पदमलाल श्रेष्ठ अध्यक्ष र शान्तिमाया थिङ उपाध्यक्ष निर्वाचित ।

४. रौतहटको मौलापुर नगरपालिका मेयरमा माओवादी केन्द्रका रीनाकुमारी साह र उपमेयरमा गौरीशंकरप्रसाद विजयी ।

५. सिरहाको औरहीमा माओवादी केन्द्र सिदार्थ यादव र देवझरी देवी यादव विजयी ।

६. महोत्तरीको गौशालामा माओवादी केन्द्र विजयी भएको छ ।

७. महोत्तरीको सम्सीमा प्रमुख माओवादी विजयी ।

८.सिरहाको धनगढीमाईमा माओवादी विजयी ।

९ .सिरहाको मिर्चैया नगरपालिकामा मेयरमा श्रवणकुमार यादव र उपमेयरमा जिवछी देवी विजयी ।

१०. धनुषाको सहिदनगर नपाको मेयरमा उदयकुमार बरबरिया यादव र उपमा शिलादेवी कापर ।

११. पर्साको छिपरहरमाई गापा अध्यक्षमा मनोजकुमार मोदिना विजयी ।

१२. महोत्तरीको रामगोपालपुरको प्रमुखमा अशोक मण्डल र उपप्रमुखमा सीतादेवी साह विजयी ।

१३. रौतहटको यमुनामाइको प्रमुखमा श्रीप्रसाद मुखीया बीन र उपमा गीतादेवी साह निर्वाचित ।

१४. वाग्मती नगरपालिकामा मेयरमा भरतकुमार थापा र उपमेयरमा लीलाकुमारी मोक्तान जितेकी छन् ।

एमालेले जितेका स्थानीय तह

१ . धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी ।

२ .सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी

३ .पर्साको पटेर्वासुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी ।

४ .धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी ।

५. सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी चौधरी निर्वाचित ।

६ .धनुषाको मिथिला बिहारीमा एमालेका अनिल यादव प्रमुख र अनिताकुमारी साह उपप्रमुखमा विजयी ।

७ .सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका प्रमुखमा एमालेका केदारनाथ यादव र उपप्रमुखमा एमालेकै अमलादेवी यादव विजयी ।

८ .सिरहाको सुखीपुर नगरपालिका मेयरमा रामऔतार यादव र उपमेयरमा रेणुदेवी साह विजयी ।

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह

१. सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी

२. रौतहटको ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक फोरमका सन्तोषकुमार मेहता र उपमेयरमा हुसने आरा निर्वाचित ।

३. बाराको विश्रामपुर गापाको प्रमुखमा अमिरीलाल राउत र उपमा सुमित्रा देवी निर्वाचित ।

नेपाली जनता दलले जितेका स्थानीय तह

१ .कालिकामाई गाउँपालिकाको प्रमुखमा नेपाली जनता दलका नथुनीप्रसाद र उपाध्यक्ष पदमा संघीय समाजवादी फोरमका राजेशप्रसाद चौरसिया विजयी ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्