असोज भित्रमै प्रदेश प्रमुख र अस्थाई मुकाम तोकिदै



सैघाली खबर
काठमाण्डौ ६ , असोज

मंसिरमा चुनाव तोकिएका देशभरका सातै प्रदेशको प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने काम असोज महिनाभित्र गर्ने र त्यसमा राजनीतिक सहमति गरेर निर्णय गरिने गृहमन्त्रीले बताएका छन्।
राजनीतिक सहमतिका लागि दलका शीर्ष नेताहरुलाई भनि सकिएको र प्रमुख विपक्षी दल नेकपा एमालेलाईपनि समावेश गरेर निर्णय गरिने गृहमन्त्री जनार्दन शर्माले बताए।
हाल तोकिने राजधानीहरु अस्थायी हुने र निर्वाचित प्रदेश सभाले त्यसको अन्तिम टुङगो लगाउने पनि उनले बताए।

सहमति प्रयास
संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा सरकारको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहने र उसले प्रदेश सरकारको गठन प्रकृया अघि बढाउने जिम्मेवारी संविधानमा तोकिएको छ।
प्रदेशको निर्वाचनको प्रकृया शुरु भइसकेकाले मन्त्रिपरिषदले दिएको जिम्मेवारी अनुरुप प्रदेश प्रमुख र राजधानी तोक्ने प्रकृया अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ।
यसरी नियुक्त हुने प्रदेश प्रमुख राजनीतिक नियुक्तिको हुने भएकाले यसै महिनाभित्र दलहरुको सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुलाई भनिएको गृहमन्त्री जनार्दन शर्माले बताए।
उनले भने, ूछलफल र सहमतिबाट एउटा धारणा बनाएर प्रस्ताव पेश गर्नुपर्ने भएको हुनाले शीर्ष नेताहरुलाई समयसीमा सहित यो कुरा भनिएको छ र असोज महिना भित्रै यो विषयलाई हामी टुङग्याइसक्छौं

विगतमा जुनसुकै दलको सरकार हुँदापनि संवैधानिक पदहरुमा नियुक्ति गरिँदा प्रमुख दलहरुलाई समेट्ने गरिएको प्रचलनलाई निरन्तरता दिने गरी प्रदेश प्रमुख नियुक्तिमा प्रमुख विपक्षी दल नेकपा एमालेलाई पनि समावेश गर्ने योजना रहेको उनले बताए।
योग्यता पुगेका सम्भावित व्यक्तिहरुका बारेमा पनि अध्ययन शुरु गरिसकिएको बताइएको छ।
कतिपय राजधानीहरु सर्बसम्मत नै छन् सिफारिस गर्ने निर्णय गर्न मात्रै बाँकी हो। फरक फरक दावी भएका ठाँउका हकमा पछि प्रदेश सभाले निर्णय गर्ने गरि काम संचालन गर्न सहज हुने ठाँउलाई तत्कालका लागि हामी तोक्छौं।

प्रदेशको राजधानी तोक्ने विषयमा भने धेरै समस्या नरहेको मन्त्री शर्माको भनाइ छ।
उनले भने, ूकतिपय राजधानीहरु सर्वसम्मत नै छन्, सिफारिस गर्न र निर्णय गर्न मात्रै बाँकी हो। फरक फरक दावी भएका ठाँउका हकमा पछि प्रदेश सभाले निर्णय गर्ने गरी काम संचालन गर्न सहज हुने ठाउँलाई तत्कालका लागि हामी तोक्छौं।ू
मंसिरको १० र २१ गते प्रदेशको निर्वाचन भएर प्रदेशसभा सदस्यहरु निर्वाचित भइ आउने बेलासम्म प्रदेश विधायिकाको बैठक बस्ने भवन, मन्त्रालयको स्थापनादेखि त्यहाँका मन्त्री निवाससम्मको सबै तयारी गर्नुपर्ने चुनौती सरकार सामु रहेको छ।त्यसका लागि राजधानी तय हुनु र प्रदेश प्रमुख नियुक्ति चाँडै भइसक्न अनिवार्य मानिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्