प्रिया अधिकारी ।
जेसिज बर्षले आफ्नो स्थापना वर्षको अवसर पारेर भदौ ६देखि भदौ १४ सम्म सञ्चालन गर्ने जेसिज सप्ताहको दोस्रो दिन आज कञ्चन गाउँपालिकाका विभिन्न सिमानाहरुमा कञ्चन जेसिजले स्वागत तथा धन्यवाद वोड स्थापना गरेको छ। मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलनाराका साथ कञ्चन जेसिजले सप्ताह सञ्चालन गरेको छ।
गाउँपालिकाका छ वटा सिमानामा बोड गाडिएको छ जसले गर्दा कञ्चन गाउँपालिका भित्र प्रवेश गर्ने यात्रुहरुले सहजै तरिकाले यात्र गर्न सक्नेछ्न। जेसिज सप्ताहको पहिलो दिन तिज मिलन कार्यक्रम प्रगति माविमा सम्पन्न भएको थियोे ।
भने आज दोस्रो दिन गाउँपालिकाको चोक तथा सिमानाहरुमा वोड गाडिएको छ।भदौ १४ सम्म सञ्चालम हुने उक्त सप्ताहमा ८ र११ गते छात्रवृति वितरण ,९ गते स्वास्थ जीवन खुशी कला नामक प्रशिक्षण र १४ गते ट्राफिक वेरिक्रेट्स हस्तान्तरण तथा समापन कार्यक्रम रहने जेसिज अध्यक्ष चुडामणि पौडेलले जानकारी दिनुभएको छ ।
आजको यश कार्यक्रममा जेसिज सदस्यहरु पत्रकार बुद्धिजीवी समाजसेवी व्यक्तित्व आदिको सहभागीता रहेको थियो ।जेसिज अध्यक्ष पौडेलले यश क्षेत्रमा सप्ताह बाहेक अन्य विभिन्न किसिमका चेतनामूलक कार्यक्रम गर्दै आएको बताउनु भयो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।