पहिरोमा कार र ट्रक पुरिदा २ जनाको मृत्यु



 

सैघाली खबर
रुपन्देही ७ , असोज

 

 

रुपन्देहीको सिद्धबाबा सडकमा खसेको पहिरोले ट्रक र कार पुर्दा २ जनाको ज्यान गएको छ । पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुनः खसेको पहिरोले दुई जनाको ज्यान गएको हो । पुरिएर २ जनाको ज्यान गए पनि उनीहरुको सनाखत हुन सकेको छैन ।

पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । ट्रक र कार ध्वस्त भएका छन् ।

पहिरोमा केही व्यक्ति पुरिएको अनुमान प्रहरीले गरेको छ । तर, केही पनि खुलेको छैन ।

 

सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।

दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन् । तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा पहिरो खसेको हो ।

सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्